सिरहा, २४ असार। स्थानीय दलित अगुवा तथा अधिकारकर्मीहरुले संविधान तथा ऐन कानुनले दिएको अधिकारको उपयोगगर्दै थप अधिकारको लागि आवाज उठाउनु पर्ने बताएका छन्। स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति, धनगढीमाई नगरपालिकाले मंगलबार धनगढीमाई २ भवानीपुरमा आयोजीत गरेको ‘दलित अगुवाहरुसँग जातीय विभेद तथा छुवाछुत विषयक अन्तक्रिया’ कार्यक्रमलाई सम्वोधन गर्दै उनीहरुले संविधानले दिएको अधिकारको उपयोग गर्दै थप अधिकारको लागि एक जुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएका हुन्। 

5eb3fc7d-d25e-49f8-8970-d0a42e69726e

समितिका सदस्यसमेत रहेका धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य सतिलाल सदायले आजपनि दलितहरुमाथि विभिन्न खालका विभिदहरु भईरहेको बताए। उनले दलितमाथि हुने सवैखालका विभिदहरुलाई हामीले एक जुट भएर सामना गर्नु पर्ने बताए। 

उनले भने, ‘हामी आफ्नै पालिकाबाट पनि दलित अधिकारका विषयमा कामगर्ने प्रयत्न गरिरहेका छौं। तरपनि निश्चित व्यत्ति तथा संस्थालेमात्र विभिद विरुद्ध लड्न सम्भव छैन।’

a5007029-e47c-41e9-876c-9a7c08ed4dd9

कार्यपालिका सदस्य सदायले हक अधिकारको कुरासँगै हामीले हाम्रा व्यवहारमा पनि परीवर्तनहरु आवश्यक रहेको बताए। 

कार्यक्रममा हरुवा चरुवा अधिकार मञ्चका नेता श्यामसुन्दर सदायले एक्लो व्यक्तिको प्रयासबाट अधिकार सम्भव नभएको बताए। उनले भने, ‘यो समाजलाई नयाँ बाटोमा हिडाउने कुरा हो, कोही एक व्यक्तिबाट सम्भव छैन। त्यसैले अधिकार विहिनहरु एक जुट हुनु आवश्यक छ।’

कार्यक्रममा समाजिक अगुवा तथा समितिका सदस्य मोहम्वद साकि अख्त्तर, रामसागर यादव, कुमारी रामलगायतले मन्तव्य व्यक्त गरेका थिए। उनीहरुका अनुसार समाजमा आज पनि विभेदकाघटनाहरु भईरहेको छ। त्यलाई निराकरण गर्न प्रभावितहरु नै एक जुट हुने पर्छ।

कार्यक्रमको सहजीकरण आशिष विश्वकर्माले गरेका थिए। उनले समितिको काम कर्तव्य, अधिकार र उदेश्यबार प्रस्ट्याएका थिए। 

स्थानीय तहमा गठित समितिले दलितको हकअधिकार संरक्षण र प्रवद्र्धनका लागि प्रचारप्रसार, पैरवी, त्यसमा देखिएका समस्याको निराकरण, दलितमाथि हुने विभेदविरुद्धको कानुन कार्यान्वयनमा सहयोग पु¥याउने कार्य गर्नु पर्ने बताए। 

समितिले ‘दलित विद्यार्थीको निःशुल्क तथा अनिवार्य शिक्षको व्यवस्था, दलित विकास तथा उत्थानका लागि स्थानीय सरकारबाट बजेट विनियोजन तथा पारित गराउने र दलितहरूको अगुवाइमा कार्यान्वयन गर्नेुपर्ने; जस्ता कार्य गर्ने सहजकर्ता विश्वकर्माले बताए। 

साथै उनले समितिले जातीय विभेद तथा छुवाछुतका घटनाविरुद्ध नगर तथा गाउँस्तरमा चेतनामूलक कार्यक्रम गर्ने र समाजमा सचेतना फैलाउने कार्य गर्न सकिने बताए।

राज्यले दलितहरुको अवस्था जरजर रहेकैले उनीहरुलाई मुलधारमा ल्याउने यस्ता थप कार्यहरु निरन्तर गरिरहनु पर्नेमा विश्वर्काले जोड दिए। 

अन्तरक्रिया कार्यक्रममा स्थानीइ दलित अगुवा तथा समाजसेसहित ७५ जना भन्दा बढीको उपस्थिति रहेको थियो।