जनकपुरधाम, २३ असार। नेपाल इँटा उद्योग महासंघका केन्द्रिय अध्यक्ष शंकर बहादुर चन्दले नेपाल सरकार औधोगिक प्रवर्धन बोर्डले २०८१ कार्तिक ३० गतेको निर्णयलाई अक्षरसः पालना व्यसायीहरुसँग आव्हान गरेका छन्। नेपाल इँटा उद्योग महासंघ मधेश प्रदेशको विशेष भेलालाई सम्वोधनगर्दै वोर्ड वैठकबाट उद्योगबाट हुने प्रदुषण न्यूनिकरण एवम् कामदारको स्वास्थ्य समेतलाई ध्यान दिई इँटा पोल्ने समय पुस मसान्तपछि सार्न गरेको निर्णय पालना गर्न आव्हान गरेको हो। 

8360f63d-3517-4e37-a528-d7364a86b7e5

चिसोका कारण प्रदुषण र कामदारको स्वास्थ्यमा असर पर्ने भएकाले राज्यको तर्फबाट भएको निर्णयले व्यसायीहरुले पालना गर्नुपर्नेमा अध्यक्ष चन्दको जोड रहेको छ। उनले उद्योगीहरु पनि राज्यको एउटा अङ्ग भएको भन्दै सरोकारबाला निकायले बनाएका नीति निर्देशनहरुलाई पालनागर्दै व्यसाय गर्नुपर्नेमा बताए। सोही क्रममा उनले हामी व्यसायीले सरकारी नीति विपरीत कामगरे सजायको भागीदार हुनुपर्ने बताए।

30eaaf63-c0d5-4352-b06f-9081a0e57d24 1

मन्तव्यकै क्रममा अध्यक्ष चन्दले सरकाले इँटा उद्योगीहरुसँग लिईरको अनियत्रित कर प्रणालिलाई एकद्वार प्रणालिमा लानु पर्ने बताए। उनले भने, ‘अहिले हामी केन्द्रदेखि स्थानीय तहसम्मलाई विभिन्न खालका कर बुझाई रहेका छौं। यो प्रणालिको अन्त्य हुनु पर्यो। हामीले कति र कहाँ कर बुझाउने हो? एकै ठाउँमा तोक्नु पर्यो।’

अध्यक्ष चन्दले सरकारले आफूहरुसँग विभिन्न वाहानाका करलिने गरेपनि व्यसाय सुरक्षामा सरकारले वेवास्ता गरेको गुनासो पोखे। उनले काँचो इँटाको विमा गर्न सरकाले विमाकम्पतीहरुसँग लविङ्ग गर्नुपर्ने मााग गरे। काँचो इँटाको विमा नहुँदा व्यसायीहरुले बर्षेनी ठूलो धनरासी गुमाउनु परेको बताए। 

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष महेन्द्र बहादुर चित्रकारले अन्य व्यसायजस्तै इँटाको व्यसायमा पनि आर्थिक मन्दिको प्रभाव रहेको भन्दै उद्योगीहरुको समस्याको विषय सरकार र वित्तियसंस्था लचिलो हुनुपर्ने जोड दिए। 

कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष तथा धनुषाको नगराईन नगरपालिकाका प्रमुख विनय यादव, केन्द्रिय सचिव चन्द्रदेव यादव, प्रदेश कमिटी, आठै जिल्लाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो। 

विशेष भेलाको अध्यक्षता प्रदेश अध्यक्ष विक्रम साहले गरेका थिए। उनले राज्यले तोको वातावरणमैत्रि प्रविधि अपनाउन सवै व्यसायीहरुलाई अनुरोध गरे। उनले जिकज्याक प्रणालिमा उद्योग चलाउँदा प्रदुषण नियन्त्रणसँग २५ प्रतिशत कम उर्जा खपत हुने बताए। अध्यक्ष साहले कोइला खपत हुनेमात्र हैन यो प्रणालिले इँटाको गुणस्तरमा ब्रिधिहुने पनि बताए।