ज्ञान कुमार राय

सिरहा २३ असार। सिरहामा एकजना शिक्षकले आफ्नै छात्रामाथी लामो समयदेखि यौन दुव्र्यवहार गरेको घटना वाहिरीएको छ। गेलवजार नगरपालिका ८ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय चोहर्वाका शिक्षक हरि श्रेष्ठले चारजना बालीकामाथी लामो  समयदेखि यौन दुव्र्यवहार गरेको घटना सार्वजानिक भएको हो। 

kamala sinchai

नमुना विद्यालयमा अध्यनरत्त चार जना छात्राहरुमाथी शिक्षक श्रेष्ठले कक्षामा पढाउनेक्रममा संवेदनशिल अङ्गहरु छोइदिने, शरीर मुसार्ने अङगालो हालेर गाला सुमसुम्याउने जस्ता क्रियाकलाप गर्ने गरेको पीडित बालिकाहरु बताइन्। 

पीडित बालिकाहरु शिक्षक श्रेष्ठको दुव्र्यवहारबाट आजित भएर अभिभावकहरुलाई घटना सुनाएका थिए। एकजना पीडित बालिकाले केहीदिन अगाडी नै  विद्यालयका  शिक्षिका रञ्जु सिंहलाई सुनाएका थिइन् । 

शिक्षिका रञ्जु सिंहले घटना थाहा पाएपछि प्रधानाध्यापक ब्रह्मदेव सिंहलाई सुनाइन् । प्रधानाध्यापक सिंहले शिक्षक हरि श्रेष्ठसंग तपाईको बारेमा यस्तो गुनासो आएको के हो ? भनी सोधीखाजी गरेका थिए। 

घटना सार्वजानिक भएपछि शिक्षक श्रेष्ठ पीडित बालिकाको घरमै पुगेर आफुले बदनियतपूर्वक केही गरेको होईन। यस विषयलाई धेरै  अगाडी नवढाउन भन्दै माफि मागेका थिए। 

यता, बालिकाहरुकी अभिभावकले आफ्नी छोरीहरुमाथी यौन दुव्र्यवहार गर्ने शिक्षक श्रेष्ठलाई कानुनी कार्यवाही अगाडी बढाउन विद्यालयसंग माँग गरेका छन्। 

प्रधानाध्यपक लगायत शिक्षक र केही व्यतिmहरुले घटना सामसुमपार्ने प्रयास  गरीरेहको जानकारी पाएपछि आक्रोसित स्थानियहरुले विद्यालयको प्रशासनिक भवनमा तोडफोड गरेको छ। 

यस विषयमा प्रधानाध्यापक ब्रहमदेव सिंहलाई प्रतिक्रियालिन खोज्दा उनले भने, ‘म एउटा मिटिङमा छु। भेटेरै कुरा गरौंउला। म माथी लगाईएको आरोपहरु सबै झुठो हो।’

मुक्ति नेपालका अध्यक्ष देवकुमारी रामले बालिकाहरुको कुरा सन्दा उनीहरु पीडित रहेको प्रष्ट भएको बताए। उनले भने, ‘पहिलो कुरा यसरी बालिकाहरु यस्तो घटनामा प्रहरीसम्म पुग्दै पुग्दैन। उहाँहरु प्रहरीमै आएर दिएको बताएन पनि बालिकाहरु पीडित रहेको भन्न गाह्रो छैन।’

इलाका प्रहरी कार्यालय गोलबजारले पीडित बालिकाहरुलाई थप स्पपस्ट हुनका एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिरहा पठाएको छ। 

प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको र जाहेरी आउन अझै बाँकी रहेकाले तत्काल केही भन्न नसकिने बताए।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई मदनाम गर्न केही शिक्षक र व्यक्तिहरु सक्रिय रहेको भन्दै उनिहरुले नै नियोजित रुपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरु र बाहिरकै व्यक्तिहरु विद्यालयलाई धारासायी बनाउने योजनामा छन्, उनीहरुकै ग्र्यान डिजाईनमा नियोजित घटना बनाएको हो।’

घटना सर्वाजिनक भएपछि शिक्षक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा राखेको छ।