सिरहा, २० असार। सिरहा प्रहरीले प्रतिवन्धित लागुपदार्थ ब्राउनसुगर, करिव ३ लाख रकमसहित दुई युवकलाई पक्राउगरेको छ। जिल्लाको लहान नगरपालिका ११ पडरियाबाट स्थानीय २८ वर्षिय मिथिलेश कुमार चौधरी र २४ वर्षिय राज नन्दन चौधरीलाई एक सय १८ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।
मिथिलेशको साथबाट एक सय नौं ग्राम ब्राउनसुगर, सात हजार तीन सय १० रुपैयाँ नगद र घरमा रहेको काठको दराजबाट नेपाली दुई लाख ७५ हजार तीनसय र भारु एक हजार दुई सय ५० रुपैयाँ, सुनजस्तो पहेको धातुको तिलहरी र नेकलेश एक एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए।
त्यसैगरी राजनन्दनको साथबाट ९ ग्राम ६१ मिली ग्राम ब्राउनसुगर, नगद दुई हजार एक सय, मोवाईल एकथानसहित लागुऔषध बरामद गरेको प्रहरुलिे जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लहानले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्तणमा लिएको जनाए। पक्राउ परेकाहरुलाई आजै जिल्ला अदालत सिरहाबाट अनुसन्धानको लागि ५ दिनको म्याद थप गराको जानकारी दिए।
पछिल्लो दिन सिरहा प्रहरीले ठूलो मात्रामा ब्राउनसुगर कारोवारीलाई पक्राउ गरिरहेका छन्। प्रहरीले नियमित रुपमा पक्राउ गरेपनि कारोवार र सेवानभने अझै घट्न सकेको जानकारहरु बताउँछन्।