सिरहा, १५ असार। सिरहको कर्जन्हामा जलवायु मैत्री कृषि अभ्यास परियोजना संचालनका लागि प्रारम्भिक बैठक र वडा स्तरीय प्रोजेक्ट स्टेरिङ कमिटि गठन भएको छ। यूनडीपी÷जीईएफ एसजीपीको आर्थिक तथा प्राविधिक सहयोगमा जैविक विविधता, स्वास्थ्य, शिक्षा, रोजगारी र विकासका लागि जन आवाज (पिभिड), गोलवजारको सहजीकरणमा कर्जन्हा नगरपालिका १, बल्टियामा प्रोजेक्ट स्टेरिङ कमिटि गठन भएको हो।
नगर प्रमूख भोला प्रसाद पोख्रेलको प्रमूख आतिथ्यमा सम्पन्न बैठक वडा अध्यक्ष फणिन्द्र प्रसाद पोख्रेलको अध्यक्षता सम्पन्न भएको आयोजकले जनाएको छ।
सो क्रममा संस्थाका अध्यक्ष राम प्रताप सिंहले कार्यक्रम प्रस्तुत गर्दै स्वीकृत बार्षिक कार्यक्रमको बारेमा जानकारी गराए। कार्यक्रम कार्यान्वयनकालागि ७ सदस्यीय प्रोजेक्ट स्टेरिङ कमिटि गठनको साथै को–फन्डिङ्ग (सहयोगी वजेट) को विषयमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो।
जलवायु परिवर्तनसँग उत्थानशील हुने यस जलवायु मैत्री कृषि अभ्यास कार्यक्रमको टीमलाई कार्यपालिका प्रमूख र वडा अध्यक्षहरुले विशेष धन्यवाद दिदै भावी दिनहरुमा हरेक कृयाकलापहरुमा स्थानीय सरकारको साथ र सहयोग रहने प्रतिवद्धता जाहेर गरे।