सिरहा, १५ असार। सिरहाको गोलवजार नगरपालिका १० मा जिल्ला स्तरीय कराते प्रतियोगीता सम्पन्न भएको छ। गोलवजार नगरपालिका १० ले आयोजना गरेको प्रथम वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको हो। 

सम्पन्न  ‘ प्रथम १० नम्वर वडा अध्यक्ष कप कराते प्रतियोगिता २०८२’ मा गोलबजार मेन कराते डोजो प्रथम भएको छ। ८  स्वर् , ४ रजत र ३ कास्य पदक जित्दै गोलबजार मेन कराते डोजो टिम प्रथम भएको हो।

त्यसैगरी, चार स्वर्ण, ५ रजत र एक कास्य पदक जित्दै जम्दह कराते डोजो दोस्रो स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ। 

चार स्वर्ण, २ रजत र ६ कास्य पदकसहित लहान मेन डोजो तेस्रो भएको कराँते कोच कसम लामाले जनाएको छ। 

प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ट खेलाडी हिमालयन पब्लिक स्कुलका आदित्य गुर्माछाने मगर भए भने महिला तर्फ लहान मेन डोजोका रिदिरानी चौधरीले उत्कृष्ट खेलाडी बन्न सफल भएको कोच लामाले जनाए।

कर्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उप सभापति दिलिप लामा र वडन नम्वर १० का अध्यक्ष उपेन्द्र मुखियाले विजेतासहित सहभागी सम्पूर्ण खेलाडीहरुलाई बधाई दिदै खेलाडीहरुको प्रशंसा गरे। उनीहरुले भने, ‘कराते यस्तो खेल हो, यसले शारीरिक तन्दुरुस्ती मात्र होइन अनुशासन र आत्मारक्षामा समेत टेवा पु¥याउँछ।

1ea72814-b20f-4dee-84cf-cf57f0a3e9316a888bec-a1c5-4eaf-bae3-79c21b60d86991f287d7-a2bc-41b2-8c36-fc8b7094affe38bd6c5a-000d-4a73-816e-fa010f9ed299