सिरहा, १४ असार। सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचाप गाउँमा एक दलित युवक मृत भेटिएको छ। स्थानीय करिब ३४ वर्षीय अजय महराको शव घरदेखि करिव एक किलोमिटर पर शनिबार बिहान ५ बजेतिर फेला परेको हो।

karjhana

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार शव भेटिएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय र मातहतको इलाका प्रहरी कार्यालय अर्नमाबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमाको लागि प्रादेशिह अस्पताल सिरहा ल्याईएको जानकारी दिए।  

स्थानीय मुनिफ झली मन्सुरीले खेतमा बाली कुर्न बनाएको बाँसको झुपडी नजिकैको आँपको रुखमुनि खुट्टामा प्लाष्टिकले सामान्य बाँधेको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।  

राती अवेरसम्म अवेरसम्म घरमै रहेका उनी विहानपख मृत भेटीएको स्थानीयको भनाई रहेको छ। गएराती ९ बजेतिर श्रीमतीलाई भनेर घरबाट निस्किएका थिए। उनको शव भेटिएको ठाउँमा मदिराका बोतल र गिलास पनि भेटिएको छ।

प्रहरीले अहिले घटना शंकास्पद भएको बताउँदै पोष्टमार्टम पछि मात्रै उनको मृत्युको कारण खुल्ने बताए। घटनाका कतिपय प्रकृतिले मृत्यु सङ्कास्पद भएपनि तत्काल कारण खुल्न नसकेको प्रहरीका ेभनाई छ। 

अजयको श्रमती र स–साना दुई छोरा छन्। उनी गाउँघरमै निर्माण मजदुरको रुपमा काम गर्दै आएका थिए।