सिरहा, १३ असार। सिरहाको गोलबजारस्थित सिदार्थ बैंक लिमिटेडले व्यसायी नै विस्थापित हुनेगरी निश्चित व्यसायीसँगको मिलेमतोमा जग्गा लिलामी गर्नलागेको आरोप लगाउँदै स्थानीय व्यावसायी आन्दोलित भएका छन्। गोलबजारको एक प्रतिष्ठित व्यसायी विस्थापीत हुनेगरी मिलेमत्तोमा धितो जनमानीको अवमूल्यन गरेर लिलामी प्रक्रिया अगाडी बढाएको भन्दै व्यापारीहरू आक्रोशित बनेका हुन्।
श्री बालाजी इन्टरप्राइजेजका सञ्चालक स्थानीय व्यापारी प्रविन जैनको धनजमानीमा रहेको जग्गासहितको सम्पती लिलामी गर्न लागेको छ। प्रविणका परिवार करिव पाँच दशकदेखि गोलबजारमा व्यापार गर्दै आएका थिए। आर्थिक मन्दिका कारण व्यवसाय डुवेपछि उनी ऋण तिर्न नसक्ने भएका थिए। ऋण तिर्न सक्ने अवस्था नभएछि उनी अहिले गोलबजारबाट विस्थापीत भएका छन्।
इहिविच बैंक म्यानेजर राकेश कोइरालाले मिलेमतोमा निश्चित व्यक्तिहरुको स्वार्थसिद्धहुनेगरी लिलामी प्रक्रिया अगाडी बढाएको स्थानीय व्यापारी महेश साह ‘कोक्बा’ले बताए। उनले भने, ‘बैंकले करोडौं मूल्यको सम्पत्ति सस्तोमा निश्चित व्यक्तिलाई दिन खोजेको छ। म आफै र थप व्यवसायी लिलामी फर्म लिन अन्तिम दिन बैंक पुगेका बेला म्यानेजर कोइराला मोवाईलको स्वीच अप गरेर बैंकबाट लापत्ता भए। यसले पनि उनको नियत प्रष्ट पार्छ।’
म्यानेजर कोइरालाले आर्थिक चलखेलमा जग्गा गुपचुप रूपमा लिलामी गर्न खोजेको ब्यपारीहरुको आरोप छ। बैंकले लिलामी सूचना जारी गरे पनि फर्म किन्ने समयमा तीन जनालाईमात्र सहभागी गराएको उनीहरुको आरोप रहेको छ।
बैंक म्यानेजर कोइरालालेभने सवै प्रकृया पुर्याएर राष्ट्रिय स्तरको पत्रिकामा लिलामको सूचना निकालेको बताए। उनले भने, ‘लिलाम प्रकृया गुपचुप हुनै सक्दैन, त्यसमा पनि म आफैले अहिले आन्दोलनको नेतृत्व गरेकाहरुसँग पनि पटक पटक छलफल गरेर लिलाम स्वीकार गर्न अनुरोध गरेको थिएँ।’
उनले लिलामको सूचना निस्केपछि यहाँका व्यवसायीहरुलाई लिलामी प्रक्रियामा भागलिन अनुरोध गरेको बताए। तर, उनीहरुले बैंकले भनेजस्तो जग्गाको मूल्य नभएको भन्दै प्रक्रियामा सहभागी नहुने बताउँदै आउको जनाए। उनले भने, ‘मैले पटक पटक अनुरोध गर्दापनि नआउने व्यवसायी आज अचानक किन यस्तो गतल अफवाह फैलाईरहेका छन्, मैले बुझ्न सकेको छैन।’
उनले आफू कार्यालयको कामले त्यसदिन २ बजेपछि बाहिर निस्केपनि मोवाईल स्वीच अफ नभएको र कार्यालयको कुनैकाम अवरुद्ध नभएको जिकिर गरे।
इता, केही व्यसायीहरुले भने जैनकै सहमतिमा जग्गा पहिल्यै करिब ४ करोड रुपैयाँमा बिक्री बताएको छ। अहिले बैंकले प्रक्रिया पुर्याउनमात्र लिलामी गरेको बताए।
अहिले विवादका कारण लिलामी प्रक्रिया भने अवरुद्ध भएको बैंकले जनाएको छ।