ज्ञान कुमार राय
सिरहा, १० असार। सिरहाको गोलबजारस्थित एक निजी विद्यालयका शिक्षकले आफ्नै छात्रालाई निर्घात कुटपीट गरेको छ। गोलबजार नगरपालिका ४ स्थित नेचुरल इङ्गलिश बोर्डिङ्ग स्कूलको ९ कक्षामा अध्ययनरत गोलबजार १३ घरभएका एक छात्रलाई निर्घात कुटपीट गरेको हो।
पढ्न विद्यालय नआएको भन्दै नजीकै डेराबाट बोलाएर लगी तातो घाममा एक घण्टा ‘मुर्गा’ (कुखुरा) बनाएको र कार्यालयमा लगेर ढोका थुनेर मुक्का, लात्ति र भाडाले कुटपीट गरेको ति छात्रले बताए। उनले भने, ‘गर्मिका कारण विद्यालयमा तीन घण्टीमात्र पढाई भईरहेको थियो। धेरै विद्यार्थी पनि आउँदैन थे। त्यहि भएर म पनि विद्यालय गईंन। नजिकै डेरा भएकाले दुईजना शिक्षकले बोलएर लग्नु भयो र मलाई कुटपीट गर्नुभायो।’
डेरा गरी वसेका ति छात्रलाई कुटपीट पछि विद्यालयकै गाढीमा चढाएर घरसम्म पुर्याएको उनको अभिभावकले बताएको छ।
कुटपीका कारण उनको सरिको विभिनन् भागमा चोट पटक र निलडाम देखिएको छ।
उनका बुबा शिव सिंहले डेरा बसेको छोरा घर आएकाले सोधी खोजी गरेपछि कुटपीट भएको जानकारी पाएको बताए। शिव सिंहले आफ्ना छोरालाई कुट्पीट गर्नुको कारण बुझ्न विद्यालयका प्रिन्सिपल रामकुमार यादवलाई पटक पटक फोन गरेपनि भेट नदिएको बताए।
उनले भने, ‘विगत ७ वर्ष देखि यहि विद्यालयमा मेरा छोरा पढीरहेका छन्। आज एक्कासी किन मेरो छोरामाथि यसरी कुटपीट भयो? कुट्नु भन्दा अगाडी मसँग किन जानकारी गराएन? र, कुट्नुको कारण बुझ्न फोन गरेपनि प्रिन्सिपल सम्पर्कमा आएको छैन।’
ति छात्रमाथि प्रिन्सिपल यादवसहितका शिक्षकले कुटपीट गरेको बताए।
उनको उपचार हाल गोलबजारस्थित लाईफलङ्ग अस्पतालमा भईरहेको छ। घटनाबारे जानकारी लिन विद्यालय प्रशासनसँग सम्पर्क गरेपनि सम्पर्क हुन सकेन।