सिरहा, ९ असार। सिरहाको गोलबजारमा खेत सिञ्चाई गर्ने क्रममा विद्युतिय करेन्ट लागेर किसानको ज्यान गएको छ। खेत सिञ्चाई गर्ने क्रममा गोलबजार नगरपालिका १३ दुर्गापुरका ६२ वर्षीय रामपृत पण्डितको करेन्ट लागेर ज्यान गएको हो।
रातिदेखि आफ्नै धानखेतमा विद्युतिय मोटरबाट पानी पटाइरहेका पण्डित विहान अवेरसम्म नआएपछि रामपृतका छोरा खेतमा पुग्दा उनी मृत अवस्थामा फेला परेको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। घटनाबारे आफूलाई रामपृतका छोराले जानकारी गराएको वडा अध्यक्ष महतोले बताए।
करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको भएपनि घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए।
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्प्ताल लहान लगिएको जनाएको छ।