ज्ञान कुमार राय
सिरहा, २९ जेठ। बसको ठक्करबाट गोलबजारका दुई जना व्यवसायी गम्भिर घाइते भएका छन्। घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ४ दुर्गा मन्दिर अगाडी पूर्वबाट पश्चिम गईरहेको म.प्र. ०२–००१ ख ०३०० नम्बरको यात्रुबाहक बसले म.प्र. ०१–००५ प २६१३ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाकलमा सवार व्यसायी गोलबजार ७ का लालजी साह र ६ की ललिता साह घाइते भएका हुन्।
मोटरसाइकलमा सामान लिएर दुवैजना चोहर्वाबाट गोलबजार तर्फ आईरहेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये लालजीको अवस्था गम्भिर रहेको छ। उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। ललिताको भने गोलबजारस्थित लाईफ लङ्ग अस्पतालमा उपचार भईरहेको छ।
ठक्कर पश्चात घाइते भएका लालजीलाई बसले व्याक गरेर थप किचेको भन्दै स्थानीय क्रकोशित भएको छ। आक्रोसित स्थानीयले केही वेर सडकसमेत जाम गरेका थिए।
प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।