सिरहा, २६ जेठ। धनगढीमाई नगरपालिकाका जनप्रतिनिधीकै मिलेमत्तोमा मापदण्ड विपरीत गाउँ नजीकै ग्राभेल उत्खनन् भईरहेको स्थानीयले बताएको छ। धनगढीमाई नगरपालिका ८ लामाटोल जनीकै जनप्रतिनिधी, कर्मचारी र प्रहरीकै मिलेमत्तोमा ग्राभेल उत्खनन हुने गरेको स्थानीयले बताएका हुन्। 

82f50658-b365-4eb3-9db4-87bbea85bc56

धनगढीमाई नगरपालिका ८ लामाटोल नजीक मापदण्ड विपरित ग्रोभल उत्खनन भईरहेको जानकारी गराउँदा पनि जनप्रतिनिधी र प्रहरीले वेवास्ता गर्नुले उनीहरुको मिलेमत्तो प्रष्ट भएको स्थानीय औतार लामाले बताए। उनलेभने, ‘विरोधको बावजुत नगरपालिकाले राजस्व असुल गरिसकेको भन्दै गाउँ नजीकै ८ कठ्ठा क्षेत्रफलमा १५ फिट गहिरो खन्ने मेयकै उपस्थितिमा लिखित सहमति भएपनि अहिले तीन दोवरबढी जमिनमा ४५ फिट गहिरो खाडल खनेको जानकारी गराउँदा पनि जनप्रतिनिधी र प्रहरी नआउनुले उनीहरुको मिलेमत्तो रहेको प्रष्ट देखिएको छ।’

126f2c41-4194-4452-a0b9-3494a7e3f1df

लामाले भने मेयरसहितका जनप्रतिनिधी र स्थानीयको उपस्थितिमा यहि जेठ १४ गते नगर प्रमुख शिवशंकर महतोकै उपस्थितिमा नगरले राजश्व बुझिसकेकाले ८ कठ्ठा जमिनमा १५ फिट गहिरो खाल्डो खनेर ग्राभेल निकाल्ने सहमति भएको थियो। स्थानी बासिन्दा र ग्राभेल तस्करहरु बीच लामै विवाद भएपछि नगर प्रमुख महतोको पहलमा उक्त समहमति भएको स्थानीय श्रीप्रकाश यादवले जानकारी दिए। 

उनले सहमति विपरित तोकिएको क्षेत्रफलभन्दा तीन दोवरबढी उत्खनन भईसकेको मेयर महतोलाई जानकारी गराएको २४ घण्टा वितिसक्दा पनि नगरको कोही प्रतिनिधी उत्खनन स्थलमा आई नपुगेको बताए। उनले जनप्रतिनिधीको व्यवहारले नै जनप्रतिनिधी माफियाको प्रभावमा परेको आरोप लगाए।

अव उपरान्त अव यस क्षेत्रमा ग्रोभल उत्खनन गर्नु परेमा गाउँ, विद्यालयभन्दा ५ सय मिटर परको मात्र अनुमति दिने स्थानीयसँग नगरपालिकाले सहमिति भएको छ। उत्खनन् भईरहेको क्षेत्रमा रहेको फल्दै गरेको सयौं आँपका रुखहरु काटीएका छन्। 

सहमति अनुसार धनगढीमाई नगरपालिका वडा नम्वर ८ लामाटोलभन्दा २२५ मिटर पश्चिम अभय यादवको नाममा रहेको कित्ता नम्वर ३६६ नम्वरको एक विगहा जमिन मध्य विचभागको ८ कठ्ठा जमिनमा खाल्डो खनी ग्रोभल उत्खनन गर्ने, अन्यथा कार्वाहीको भागीदारी हुनुपर्ने सहमति भएको छ। 

सहमति विपरित कमलामाई सप्लायर्सले जनप्रतिनिधी, कर्मचारी र प्रहरीलाई आर्थिक प्रभावमा पारेर उत्खनन गरिरहेको छ। कमलाई सप्लायर्सका सञ्चालक बेचन शर्माले स्थानीय राजनीतिक शक्ति, सरकार र प्रहरी प्रशासनको आडमा अवैध उत्खनन गरिरहेको स्थानीयको आरोप छ। 

कमलामाई सप्लायर्सले जग्गाको २१ लाख ६१ हजार पाँच सय १० रुपैयाँ राजश्व बुझाएको राजश्व शाखाका कर्मचारी रेनु कुमारी महतोले जानकारी दिए। उनले सम्झौता अनुसार रकम बुझाएको भएपनि अहिलेसम्म कति उत्खनन भयो भन्ने जानकारी नआएको बताए। 

कमलाई माईले थोरै राजश्व बुझाएको देखाएर वडा नम्वर ८ र १३ को दर्जनौं स्थानबाट उत्खनन गरिरहेका छन्। स्थानीयको दवाव खप्न नसकेर देखाउनकै लागिमात्र मेयरले एक ठाउँमा दर्ता गर्न लगाएको जनप्रतिनिधीकै भनाई रहेको छ। 

यस पालिकाकाका वडा नम्वर ८ का वडा अध्यक्ष राम भरोस महतोले आफू निर्वाचित भएपछि पहिलो बैठकबाटै ‘वडा नम्वर ८ मा ग्राभेल उत्खनन गर्ने उपयुक्त ठाउँ नभएकोले यस वडामा सिफारिस नगर्न’ भनी निर्णय गरेर नगरमा बुझाएको बताए। 

उनले भने, ‘मैले आजसम्म मेरो वडाबाट ग्राभेल उत्खनन गर्न कुनै सिफारिस दिएको छैन, कतिपय अवस्थामा गैरकानुनी रुपमा उत्खनन भईरहेको पनि रोक्ने प्रयास गरिरहेको हुन्छ। मैले आफ्नै माथिल्लो निकाय र प्रहरी प्रशासनबाट सहयोग पाउन सकिरहेको छैन।’

वडा अध्यक्ष महतोले अहिले उत्खनन भईरहेको स्थानको पनि आफूले कुनै सिफारिस नदिएको बताए।

स्थानीयले सहमि विपरित उत्खनन भईरहेको मेयर महतोलाई जानकारी गराएको २४ घण्टा वितिसक्दा पनि कुनै प्रतिनिधी उत्खनन स्थलमा पुगेको छैन। स्थानीय र ग्राभेल उत्खनन गर्ने समूहविच बेला बेला रोक्ने र खान्ने जुहारी चलिरहेको छ। यसले दुर्घटना निम्तिन सक्ने स्थानीयको भनाई छ।  

उत्खननमा सक्रिय माफियाहरुबाट सिधै मेयरकोमा नजराना पुग्ने भएकाले उनी हत्तपत्त उनीहरुको विरुद्धमा नबोल्ने, सोधी खोजी गर्ने कर्मचारी तथा जनप्रतिनिधीलाई पनि हप्की दप्की गर्ने गरेको एक कर्मचारीले बताए। 

यस सम्वन्धमा जिज्ञासा राख्न मेयर महतोलाई पटक पटक फोन गरेपनिसम्पर्क हुन सकेन।  

13ab3f93-79df-4245-a0cf-775c98c04a2b5ce880ea-1f18-44ae-9d74-64ade3f60a71