ज्ञान कुमार राय
सिरहा, २४ जेठ। सिरहाको गोलबजारका युवाहरले बृहत वृक्षरोपन कार्यक्रम अन्तर्गत विभिन्न जातका पाँच हजारभन्दा बढी विरुवा रोपेका छन्। गोलबजार श्रमदान तथा सरसफाई युवा समूहको अव्हानमा शनिवार गोलबजार नगरपालिका १, २ र ३ को सँगमस्थल पत्रिङ्गा चौरमा निःशुल्क रुपमा बृहत वृक्षरोपन गरेका हुन्।
डिभिजन वन कार्यालय लहानले तारवार गरी संरक्षण गरेको उक्त क्षेत्रमा मलेशियन सखुवा, सतिसाल, इमली, बकाईनो, टिक, जमुना, अम्वालगायत जातका पाँच हजार विरुवा रोपीएको समूहका औतारी लामाले जानकारी दिए।
समूहको आव्हानमा गरिएको बृहत वृक्षा रोपन कार्यमा चोहर्वास्थित शैनिक व्यारेक नन्दाबक्स गण, सशस्त्र प्रहरी व्यस क्याम्पस गोलबजार, विभिन्न संघ संस्था, निजी विद्यालयका शिक्षक विद्याथीहरुको सहभागीता रहेको लामाले जानकारी दिए।
उनका अनुसार गोलबजार बृहत वृक्षा रोपन कार्यमा नगरक्षेत्रका युवा, विभन्नि जातिय संगठनका प्रतिनिधी, दलका युवा संगठनका प्रतिनिधीको सहभागीता रहेको थियो।
वातावरणमैत्री, हरियाली युक्त समाज निर्माण गर्ने अभियान अन्तर्गत आज बृहत वृक्षा रोपन कार्यक्रमको आयोजना गरिएको समूहका अगुवा मधुराईले बताए। उनले भने, ‘हामी निरन्तर रुपमा सरसफाई र जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेका छौं। त्यसको बृहत कार्यको रुपमा बृक्षा रोपन अभियान चलाएका हौं। यसले हामीलाई विकासमा हात्तेमालो गर्ने र समाजीक भावनाको विकास गराउँनेछ।’
राईले यो अभियानमाा विभिन्न ढङ्गले सहयोग पुर्याउनु हुने सम्पूर्णलाई समूहका तर्फबाट धन्यवाद ज्ञापन गरे।
समूहलाई विरुवा डिभिजन वन कार्यालय लहानले उपलब्ध गराएको थियो।
समूहले आयोजना गर्ने सवै कार्यक्रममा चोहर्वास्थित इन्दिरा जलले निःशुल्क रुपमा पानी उपलब्ध गराउँदै आएको औतारी लामाले बताए।