सिरहा, १४ जेठ। सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवले सञ्चारकर्मीहरुलाई पटक–पटक सार्वजनिक रुपमा धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघ, सिरहा शाखाले जिल्ला प्रशासन कार्यालय सिरहामा ध्यानाकर्षण पत्र बुझाएको छ। समाचार लेखेकै कारण नगर प्रमुख यादवले सार्वजनिक रुपमा गैरजिम्मेवार रुपमा धाक, धम्की दिएको प्रति गम्भिर चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको हो। 

maont school 04

महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा सञ्चारकर्मीलाई पटकपटक सार्वजनिक रुपमा धाम्की दिएको प्रति गम्भीर, चिन्तित र स्तब्ध भएका छौं। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पत्रकारले आफूविरुद्ध लेखे भयानक परीणाम भोग्नु पर्ने र भारी दण्ड जरिवाना गराउने; धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्।’

यस्ता गैरजिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिने नगर प्रमुख यादवमाथि तत्कार्ल  कानुन बमोजिम कार्वाही गर्न महासंघले माँघ गरेको छ। महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा ‘जिल्ला प्रशासन कार्यालय सिरहामा यसै पत्र माफर्त गमिम्भर ध्यानाकर्षण गराउन चाहन्छौं। हाम्रो पत्रलाई गम्भीरतापूर्व लिन आग्रह गर्दै बेवास्ता भए कडा संघर्षमा उत्रन बाध्य हुने जानकारी गराउन चाहन्छौं।’

महासंघका सचिव मुकेश कुमार यादव नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ‘हामी आशा हामिले बुझाएको यो ध्यानाकर्षण पत्रलाई जिल्ला प्रशासन कार्यालय, सिरहाले गम्भीरतापूर्वक नलिए कडा संघर्षमा उत्रन बाध्य हुने जानकारी गराउन चाहन्छौं । हामी आशा गर्छौं, यो कार्यालयले यसमा आवश्यक पहलकदमी लिनेछ।’ भन्ने उल्ल्ेख गरिएको छ। 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो प्रेस स्व्तन्त्रता माथिको ठाडो उलङ्घन हो। यस प्रकारको अभिव्यक्तिहरु प्रेस स्वतन्त्रता, पत्रकारीता र पत्रकारका लागि चुनौती हुन्। यस्तो ब्यवहार प्रेश तथा प्रकाशन एने २०४८, मुलुकी फौजदारी संहिता २०७४ लगायत नेपालका प्रचलिन कानून विपरित हुनुको साथै अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विपरित पनि हो।’