सिरहा, ८ जेठ। जनमत पार्टीले मधेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।

पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो।

उनी दुवै जनालाई फिर्ता बोलाएर पार्टीले प्रदेश सांसद बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ।

कुशवाहा जनमतका उपाध्यक्ष समेत हुन्।

दुवैजनाको पदिय जिम्मेवारी सन्तोषजनक नरहेले मन्त्रालयबाट फिर्ता बोलाउन लागेको बताइन्छ। मन्त्री साह विकास निर्माण कार्यमा प्रत्यक्ष सहभागी भएर मदनामी कमाएकाले पार्टीमाथि दवाव बढीरहेको बेला उनलाई फिर्ता बोलाएको छ।

२५ जेठ ०८१ मा जनमतका सतिशकुमार सिंह नेतृत्वमा सरकार बनेपछि शाह र मियालाई मन्त्रालयको जिम्मेवारी दिएको थियो।

SHREEJANA SCHOOL GBR6