सिरहा, २८ बैशाख। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत नेपाल प्रहरीका इन्सपेक्टर राज यादवले एक पत्रकारप्रति अभद्र व्यवहार गरेका छन्। हिमालय टेलिभिजन सिरहा संवाददाता सुरेश रायलाई हेलमेट राम्रोसँग नलगाएको भन्दै ‘तिमलाई हेलमेट लाउन आउँदैन’ भन्दै अभद्र व्यवहार गरेको हो।
गोलबजार नगरपालिका ४ स्थित वर्धमान अस्पतालमा उपचारको क्रममा सुत्केरी महिलाको मृत्यु प्रक्रणको समाचार संकलन गर्न गएका बेला त्यही सुरक्षामा खटिएका इन्सपेक्टर यादवलाई हाल खवर सोध्दा हेलमेट राम्रोसँग नलगाएको भन्दै अभद्र व्यवहार पत्रकार रायले बताए। सोहीक्रममा इन्सपेक्टरले हेलमेट खोसेपछि पत्रकार राय मोटरसाइकल पनि राख्नुस् भन्दै आफू हिडेको बताए।
हालखवर सोध्दा सोध्दै आफूसँग अवभद्र व्यवहार गरेको र हेलमेटसमेत खोसेको प्रति आपत्ति जनाए। उनले भने, ‘पहिलो कुरा प्रहरीले हेलमेट कसरी लाउने हो? भन्दै सर्वसाधारणलाई धमक्याउने हो की होइन? हेलमेट राम्रोसँग लगाएन भनेपनि प्रहरीले कस्तो व्यवहार गर्ने? भन्ने हो। आज मसँग प्रहरीले देखाएको व्यवहार जनताको सेवक भन्दा पनि शासकको जस्तो व्यवहार गरे।’
एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीले सर्वसाधारणसँग त्यस्तो व्यहार गर्न नहुने बताए। उनले पत्रकार रायले ‘कसरी लाउने हो र हेल्मेट पनि प्रश्न गरेपछि इन्सपेक्टर यादव झनै आक्रोशित हुँदै, मुख–मुखै लाग्छस्, बढी बोल्छस् भन्दै धम्याउन समेत भ्याय।’
यस सम्वन्धमा जिल्ला प्रहरी प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानसँग जिज्ञासा राख्दा उनले हेलमेट राम्रोसँग नलगाएकोले सम्झाउन खोज्दा समान्य विवादमात्र भएका बताए। उनले भने, ‘सरेशजीले हेलमेट राम्रोसँग लाउनु भएको रहेन छ। त्यसैले सम्झाउन खोज्दा सामान्य विवाद भएको हो। हेलमेट नै खोसेको भन्ने आफ्नो नोटीसमा छैन।’