उदयपुर, १८ बैशाख। झापाको दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार स्कारपिओ मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर खण्डमा विहिबार दुर्घटना हुँदा १ जना अधिकृतको मृत्यु भएको छ। दुर्घटनामा परी ६ जना घाईते भएका छन्।

maont school 04

चितवनबाट झापा जादै गरेको मे १ च ३०४० नम्बरको स्कारपिओ विहिवार अपरान्ह उदयपुरको कटारी नगरपालिका ६ सोमबारेमा आफैँ अनियन्त्रित भई सडक किनारको  लगाएको फलामको बारमा ठोकिएर दुर्घटनाहुँदा झापको दमक नगरपालिका ३ का  ५५ वर्षीय माधब बस्नेतको मृत्यु भएको हो। 

गम्भिर घाईते भएका बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ। उनी दमक नगरपालिका कानुन अधिकृत हुन्। 

चालक झापाको दमक नगरपालिका ९ का ३८ वर्षीय देबेन्द्र तामाङ, दमक १० का वडाध्यक्ष ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक ६ का वडा सदस्य ५४ वर्षीय कमल श्रेष्ठ, दमक २ का ३८ वर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका१ का ५४ वर्षीय भुवन दाहाल घाईते भएका छन्।

घाईते सवैको प्रादेशिक अस्पताल कटारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।