आशिष विश्वकर्मा

सिरहा १० बैशाख। सिरहाको गोलवजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले अनुदानको रकम हत्याउनकै लागि फर्जि क्याम्पस प्रमुख खडा गरेका छन्। विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने अनुदान कुमल्याउने उद्देश्यले क्याम्पस सञ्चालक समिति अध्यक्ष सुर्यमान तामाङ्गसँगको मिलोमतोमा प्रमुख साहले फर्जी क्याम्पस प्रमुख बनाएका हुन्। 

maont school 04

अनुदान आयोगले पूर्णकालिन क्याम्पस प्रमुख भएकालाई मात्रै अनुदान दिने बाध्यकारी नियम लागु  गरेपछि क्याम्पसका प्रमुख किशोर कुमार साहले अध्यक्ष तामाङसँगको मिलेमत्तोमा विश्वविद्यालय अनुदान आयोगमा क्याम्पसमै कार्यरत अर्का शिक्षक मनोज कुमार साहलाई फर्जि क्याम्पस प्रमुख बनाएको तत्थ वाहिरीएको छ। 

स्थानीय राजनितीक दलका नेता तथा सञ्चालक समितिलाई प्रभावमा पारेर १० वर्षभन्दा लामोसमयदेखि क्याम्पस प्रमुखका रुपका कार्यरत किशोर कुमार साह धनगढीमाई नगरपालिका ११ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका स्थायी मावि शिक्षक हुन्। 

उनी आफै पुर्णकालिन क्याम्पस प्रमुख नभएकाले बिगत केही वर्षदेखी बिश्वबिद्धालय अनुदान आयोग सानोठिमि, भक्तपुरले अनुदान रकम घटाउँदै आएको थियो। यो पटक पूर्णकालिन प्रमुख नभए अनुदान नै कट्टा गर्ने भएपछि अर्का शिक्षकको नाम पठाएको हुन सक्ने त्यहि कार्यरत एक शिक्षकले बताए।  

SHREEJANA SCHOOL GBR6

अनुदान रकम ल्याएर अनियमिता गर्न पल्केका साहले आफ्नो पदलाई दाउमै राखेर सञ्चालक समितिका अध्यक्षलाई प्रभाविमा पारेर क्याम्पस प्रमुख किशोर साहले ‘क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार यस क्यम्पसका कार्यरत मनोज कुमार साहलाई पूर्णकालिन क्याम्पस प्रमुखको रुपमा मिति २०८१।०७।२४ गतेदेखि लागुहुने गरी  ४ वर्षका लागि नियुक्त गरिएको ब्यहोरा सादर अनुरोध साथ जानकारी गराइन्छ।’ क्याम्पसको लेटरहेड प्रयोग गरिएको पत्र विश्वविद्यालय अनुदान आयोगलाई परिपत्र गरिएको छ। 

क्याम्पस प्रमुख साहले अनुदान झ्वामपार्न विश्वविद्यालय अनुदान आयोगमा प्रमुख मनोज कुमार साहलाई न्यूक्ती गरेको पत्र संख्या २०८१÷०८२ तथा चलानी नम्वर १२१ को पत्र ०८१ कात्तिक २७ गते नै पठाएको भएपनि आयोगले भने सो पत्र २०८१ चैत १२ गतेमात्र प्राप्त भएको जनाएको छ। 

अनुदान आयोगका वरिष्ठ सहायक शिवचन्द पटेलले क्याम्पसको लेटरहेडमा नयाँ क्याम्पस प्रमुख नियुक्ति गरिएको पत्र आएको बताए। उनले भने, ‘हाम्रोमा मनोज कुमार साहलाई क्याम्पस प्रमख बनाएको आशयको पत्र आएको छ। त्यसका निर्णयहरु भने आई सकेको छैन।’

तर, क्याम्पस प्रमुख बनाइएका मनोज साह भने यस विषयमा बेखबर छन्। उनी भन्छन्, ‘यो बिषयमा मलाई केही जानकारी छैन्। मलाई कसैले औपचारिक–अनौपचारीक कुनै रुपमा जानकारी पाएको छैन। क्याम्पस प्रमुख अहिलेपनी किशोर साहनै हुनुहुन्छ, म होइन।’

यस बिषयमा रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष सुर्य मान तामाङलाई अहिलेको क्याम्पस प्रमुख को हो? क्याम्पस प्रमुख फेरिएको छ कि छैन? भन्ने प्रश्नमा  उनले भने, ‘अहिलेको क्याम्पस प्रमुख किशोर साह नै हुनुहुन्छ। हामिले अहिले सम्म उहाँलाई जिम्मा दिएका छौं।’

अध्यक्ष तामाङलासँग पुनः  त्यसो भए २०८१ कात्तिक २७ गते बिश्वाविद्यालय अनुदान आयोगमा मनोज कुमार साह क्याम्पस प्रमुख रहेको परिपत्र फर्जी हो? कि तपाइले नै फर्जी क्याम्पस प्रमुख खडा गरेको हो? भनि प्रश्न गर्दा उनले भने, ‘क्याम्पस चिफ किशोर कुमार साहले प्राविधिक कुरो मिलाउनु छ। अनुदान आयोगमा नामकै लागि पठाउनु छ। यो तपाइले नै हस्ताक्षर गरेर पठाउनु पर्ने हुन्छ भन्नु भयो। क्यम्पसकै हितको लागि हो भनेपछि मैले सहि गरिदिएको हुँ।’ अध्यक्ष तामाङ्गले थपे, ‘कानुनी रुपमा मिल्दैन तर, क्याम्पसको हित हुन्छ। व्यबहारिक रुपमा मिलाउनु पर्छ भन्नुभएपछि मैले पनि हस्ताक्षर गरिदिएको हुँ। क्याम्पस प्रमुख भने साह नै हुनुहुन्छ।’

यसै विषयमा क्याम्पस प्रमुख किशोर कुमार साहसंग जानकारी माँग्दा उनले टर्रो श्वरमा भने, ‘क्याम्पस नै हो। हेर्दै जाउँ के के हुन्छ। यहाँ के के ग¥या छ। केही पतो हुदैन।’ 

उनलाई यो कसरी हुन गयो त? भनि प्रतिप्रश्न गर्दा उनले ‘म अहिले एउटा कार्यक्रममा छु। तपाईंसँग पछि भेटेरै कुरा गरौंला भन्दै फोन काटे।’

पुनः क्याम्पस प्रमुख साहसँग प्रतिक्रिया लिने प्रयास गरेपनि उनले भेटेरै कुरा गर्ने भनेपनि भेटसमेत दिएनन्। 

सोही बिषयमा क्याम्पस सञ्चालक समितिका सदस्यसमेत रहेका गोलबजारका नगर प्रमुख श्याम श्रेष्ठले क्याम्पस प्रमुख फेरिएको विषयम कुनै जानकारी नभएको बताए। हामिले क्याम्पस प्रमुख फेरिएको प्रमाण फेला पारेका छौं, यसमा तपाईं के भन्नचाहनुहुन्छ? भन्ने प्रश्नामा मेयर श्रेष्ठले भने, ‘ए त्यस्तो पो गरिएको छ। पख्नुस त म बुझ्छु। पाँच मिनेट पछि म तपाईलाई बुझेर फोन गर्छु;’ भन्दै फोन काटे। 

पछि फोन गर्दा मेयर श्रेष्ठले ‘प्राविधिक कुरा रहेछ। क्याम्पस प्रमुख साह नै हो।’ त्यसो तपाईहरु नेपालको कानुनभन्दा माथिको कानुन प्रयोग गर्नुहुन्छ? भनि प्रतिप्रश्न गर्दा उनले तुरुन्तै कुरा फेरे, ‘म विरामी परेकाले पछिल्लो ६–७ महिनाले क्याम्पसको बैठकमा उपस्थित छैन। मलाई धेरै जानकारी छैन।’ 

त्यसैगरी, सोही क्याम्पसका सञ्चालक समितिसदस्य समेत रहेका मधेश प्रदेश सभासदस्य मनोज कुमार सिंहले सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए। उनले  भने, ‘म बसेको बैठकमा यस्तो निर्णय भएको छैन। यस विषयमा मैले पनि बुझ्नै पर्छ।’

प्रध्यापक संघ क्याम्पस इकाई सभापतिसमेत रहेका शिक्षक प्रदिप कुमार साहले आजसको मितिसम्म क्याम्पस प्रमुख किशोर साह नै भएको बताए। उनलाई क्याम्पसको लेटरहेडमा अध्यक्षले सहि गरेर अरुनै व्यक्तिलाई क्याम्पस प्रमुख बनाएको सरोकारबाला निकायमा पत्र पठाएको रहेछ नी? भन्दा उनले भने, ‘कसैलाई पनि कानुन विपरित काम गर्ने छुट हुँदैन। कुनै पनि व्यक्तिले संस्थालाई नै बदनाम गर्नेगरी त्यसो गरेको भए क्षम्य हुँदैन। झन आफै कार्यरत÷आवद्ध संस्थामाथि नै आँच आउनेगरी काम गरेको रहेछ भने त्यो गलत हो। त्यस्तो गरेको भए क्षमायोग्य नहुन सक्छ।’

सोही क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत बिद्यार्थी सुरेश रायले क्याम्पस प्रमुख अहिले सम्म किशोर साह रहेको बताए। उनले भने, ‘चार–पाँच दिनदेखि क्याम्पस आउनु भएको छैन। तर, क्याम्पस प्रमुख किशोर सर नै हुनुन्छ।’ 

चारै जना सञ्चालक समितिका जिम्मेवार ब्यक्तिले दिएको प्रतिक्रिया र विश्वविद्यालय अनुदान आयोगलाई गरिएको परिपत्रले क्याम्पस प्रमुख किशोर कुमार साह र सञ्चालक समितिका अध्यक्ष सुर्यमान तामाङले बदनियतपुर्वक नै यो फर्जी कागजात तयार गरिएको पुष्टि हुन्छ। 

राजनितिक आडमा लुटको सामराज्य चलाउँदै क्याम्प प्रमुख किशोर साह एक दश कदेखि कानुनलाई लत्याउदै बिना कुनै निर्णय क्याम्पस प्रमुखमा बिराजमान छन्। यति ठूलो क्याम्पस भएपनि रकम हिनामिना गर्नकै लागि उनले आजसम्म एक जना लेखा पाल समेत राखेका छैनन्। क्याम्पसका सम्पूर्ण प्रशासनिक, लेखाको काम उनी आफै गर्छन्। यति सम्म की दर्ता, चलानीको काम समेत उनी आफैले गर्दै आएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्।