सिरहा, ९ बैशाख। सिरहा प्रहरीले कटुवा पेस्ताल र त्यसमा लाग्ने एक थान गोलीसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। बरियारपट्टी गाउँपालिका १ बाट भारतको विहार राज्य अन्तर्गत मधुवनी जिल्ला पिपराही ग्रामपञ्चायत २ का धमेन्द्र सिंहका छोरा १९ वर्षिय राजिव सिह र फुलेश्वर सिंहका छोरा १९ वर्षिय प्रिन्स सिंहलाई एक थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो।
कचनारी प्रहरी चौकीबाट खटिएको चेकीङ टोलिले भारततर्फ जाँदै गरेको नम्बर नभको हिरो कम्पनीको चेचिस नम्वर MBLHA11AEE9B23324 भएको मोटरसाइकल चेकजाँच गर्दा प्रिन्स सिंहको साथबाट उक्त कटुवापेस्तोल र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई मंगलबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
