सिरहा, ६ बैशाख। सिरहाको मिर्चैयामा नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मिर्चैया नगरपालिका ५ का किसुन साफीकी डेढ वर्षीया छोरी आसिकाको शनिबार बिहान घरनजीकै नालामा डुबेर मृत्यु भएको हो।
घरमै रहेका बालिका नालामा मृत भेटिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।