फाईल फोटो।
सिरहा, ६ बैशाख। सिरहा प्रहरीले अवैध रुपमा ग्राभेल उत्खनन् गरिरहेको अवस्थामा एक थान स्काभेटर र ४ थान टिफर नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नगरपालिका ८ कसहा खोला किनारबाट शनिबार अपरान्ह प्र. २–०२–००१ क ०४५८ नम्वरको स्काभेटर र ना. ६ ख २५७५, म.प्र. ०१–००१ क ०३७६, ना. ५ ख ६४८३, ना. ८ ख १६५१ नम्वरको टिफर नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वेश क्याम्प गोलबजार र कसहा प्रहरी चौकीको संयुक्त टोलिले स्काभेर र टिफर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी आनन्त राम शर्माले जानकारी दिए।
खोला किनारमा अवैध उत्खनन् भएको सूचनाको आधारमा प्रहरी पुगेपछि स्काभेर र टिफर छोडेर चालक फरार भएका थिए। टिफर र स्काभेटर कसहा प्रहरीको नियन्त्रण्मा रहेको छ। आईतबार अवाश्यक कार्वाहीको लागि सम्वन्धित निकायमा बुझाउने प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएको सवारीसाधान स्थानीय शिव चन्दन यावको रहेको एक वडा सदस्यले जानकारी दिए। उनले माथिल्लो कर्मचारी र जनप्रतिनिधीकै मिलेमत्तोमा ग्रोभल उत्खनन् भईरहेको जनाए।
धनगढीमाई नगरपालिकाको ८, १३ नम्वर वडासहितको स्थानबाट जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा दिनदहाडै ग्राभेल अवैध रुपमा उत्खनन् हुँदै आएको छ। पछिल्लो दुई आर्थिक वर्ष देखि यहाँ कुनै खानी दर्ता नभएपनि ग्राभेल माफियाहरुले दर्जनौं स्थानमा ग्राभेल उत्खनन् गरेर भण्डारण गरिरखेकोछ।
अवैध रुपमा भण्डारण गरिएको ग्राभेल माफियाहरुको प्रभावका पालिकाले स्टक प्रमाणित गर्ने सूचना निकाले पनि नितीगत जटिलताले रोकिएको एक कर्मचारीले बताए।