सिरहा, ५ बैशाख। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा नियमित रुपमा तोकीएकै समयमा सञ्चालन हुने जनाएको छ। १२ कक्षाको परीक्षा स्थगित भएको हल्ला फैलिएपछि परीक्षा स्थगित नभएको बोर्डले स्पष्ट पारेको हो।

dd

परीक्षा बोर्डले आज एक विज्ञप्ति जारी गर्दै १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि नियमित रुपमा सञ्चालन हुने जनाएको छ।

विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डले जानकारी दिएको छ। 

बोर्डले परीक्षा स्थगितहुने भ्रपूर्ण हल्लामा नपरी परीक्षाको जमेर तयारी गर्न विद्यार्थीलाई अनुरोधसमेत गरेको छ। 

परीक्षासम्बन्धी आधिकारिक सूचना वेबसाइटमार्फत दिने गरिएको भन्दै बोर्डले विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न आग्रह गरेको 5।

बोर्डको आधिकारिक वेबसाइट बाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन सम्पुर्ण विद्यार्थीमा बोर्डले अनुरोध गरेको छ।

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक प्रधानाध्यापक एवं सरोकारवाला सबैलाई बोर्डले अपिल गरेको छ।