बारा, ५ बैशाख। महेन्द्र राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका १६ भुईँपुल नजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
शुक्रबार अपरान्ह ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठाकीँदा कारमा सवार सर्लाही बरहथवा नगरपालिका १५ हजरियाका ४६ वर्षीय नारायणहरि शर्मा कारका चालकको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु भएका कार चालकको हालसम्म परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख इन्सपेक्टर सुमित कुशवाहाले जानकारी दिए।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढस्थित अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा दुवै जनाको मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ।
दुर्घटनापछि टिपर चालक फरार रहेका छन्। उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।