लहान, ३ बैशाख। सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला परेको छ। सुरुङ्गा नगरपालिकाको ७ हरिपुर टोलस्थित वडा कार्यालयबाट तीन सय मिटर दक्षिणतर्फ रहेको कुसुमलाल साहको पोखरीको छेउमा स्थानीय नागेन्द्र रामको २० वर्षीया छोरी पूजा कुमारी रामको शव फेला परेको हो। 

घाँस पातले छोपिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

घटनास्थललाई सुरक्षित राखेर मधेश प्रदेश प्रहरी कार्यालय केनाईन शाखा लालगढ धनुषाबाट कुकुर समेतको टोली खटि अनुसन्धान कार्य भइरहेको उनले बताए। प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। 

मृत्युको कारण खुल्न सकेको छैन, पोष्टमार्टमको रिपोर्टपछि थप कुरा भन्न मिल्ने एसपी खतिवडाको भनाइ छ।

SHREEJANA SCHOOL GBR6