काठमाडौं, ३१ चैत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माँग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन्।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरुसंग कुरा गर्दै नेता महरले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समय देखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन्। विगतको सरकारसंग भएको सहमति कार्यान्वयनका लागि सरकार खासै संबेदनशील देखिएन।’

santi nikunja 2082


मन्त्री परिषदको वैठबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरु भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्री परिषको वैठक राखेर टुंग्याईनु पर्ने र बाँकी बिषयको वर्गिकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढन सकिने तमाम आधारलाई सरकारले गम्भीर रुपमा लिनुपर्दछ।’

शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निश्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको  र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले वार्ता सम्वाद गरेर निश्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो।