काठमाडौं, ३१ चैत। नेपाल आदिवासी जनजाति पत्रकार संघ (फ‍ोनिज) को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनीमा सम्पन्न आठौं संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दराई सर्वसम्मत चयन भएका छन्।

SHREEJANA SCHOOL GBR6

उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो।

साथै, १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको फोनिजले जनाएको छ।

गत चैत २९ गते उदघाटन भएको सो महाधिवेसन नयाँ नेतृत्व चयनसँग सम्पन्न भएको छ।