सिरहा ३१ चैत। सिरहामा शनिबार राति सम्पन्न नेकपा एमालेको ११ औं जिल्ला अधिवेशन सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

गोलबजार नगरपालिका ६ का वडाध्यक्ष तथा नगर प्रवक्तासमेत रहेका संजीत लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन्। 

santi nikunja 2082

पार्टी प्रती असन्तुष्टि पोख्दै वडा अध्यक्ष लामाले आफ्नो फेसबुक स्टाटसमा पार्टीको साधारण सद्स्यसमेत नरहने घोषणा गरेका छन्।

फेसबुक स्टाटसमा वडाध्यक्ष लामाले पार्टी परित्याग गरेको निर्णयको कारण भने खुलाइएको छैन। तर ,शनिबार सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेशनमा एमाले नेता तथा मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले व्यक्तिगत स्वार्थ तथाका कारण बिधान विपरीत कनिष्ठहरुलार्इ जिल्ला सदस्यमा समावेश गरिको प्रति असन्तुष्टि जनाउँदै व्यक्तिको हैकममा चल्नेपार्टीमा वसिरहनुको अर्थ नरहेकोले परीयात्गको घोषणा गरेको जनाएको छ। उनले भने, ‘सिरहामा एमाले पार्टी भित्र नातावाद, क्रिपावाद हावी भएको देखिएकोले आफुले राजिनामा दिएको हो। म कुनै नेताको दास बनेर बस्न सक्दिन। दास भएर पार्टीमा बस्नुभन्दा बाहिरै बस्नु ठिकलागेर राजिनामा दिएको हुँ।’ 

लीलानाथ श्रेष्ठ मधेश प्रदेश इञ्चार्ज भएदेखि कार्यकर्ता दबाउने र नातावाद, क्रिपावाद प्रवृत्ति हावी हावि भएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टी जनाउँदै आएको छ।