सिरहा, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओली भोली सिरहा आउने भएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्न यहाँ आउन लागेका हुन्। 

सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव वहुमुखि क्याम्पसमा हुने भनिएको जिल्ला अधिवेशनमा जिल्लाका १७ वटै पालिकाबाट हजारौंको संख्यामा जनमास उतार्ने तयारी पुरा भएको जिल्ला सचिव उग्रनारायण यादवले जानकारी दिए। 

उनका अनुसार हामीले ४० हजारभन्दाबढी जनमास उतार्नेगरी काम गरिरहेको बताए। उनले भने, ‘हामी अहिलेपनि अधिवेशनकै तयारीको काममा छौं। पर्टी अध्यक्ष नै आउने भएकाले ४० देखि ५० हजार मास उतार्ने गरी तयारी गरिरहेका छौं।’

जिल्ला अधिवेशनको मुखैमा आएपनि सवै प्रतिनिधी, पर्यवेक्षकको नामावली आई नसकेको सचिव यादवले जानकारी दिए। उनलेभने, ‘म अहिले प्रतिनिधी पर्यवेक्षकहरुको नामावली संकलन गर्ने काममा लागिरहेको छु।  बेलुका ४ सम्ममा कति पर्यवेक्षक प्रतिनिधी सहभागीहुने जानकारी दिउँला।’