सिरहा, २२ चैत। सिरहाका पत्रकार मुकेश यादवमाथि संघातिक हमला गर्नेहरुलाई तत्काल पक्राउगरी कार्वाही गर्न नेपाल पत्रकार महासंघ सिरहाले माँग गरेको छ। विहिवार बेलुका सिरहाको बरियारपट्टीबाट घर जाने क्रममा पत्रकार यादवमाथी हमला भएको थियो।  हमला गर्ने समूहलाई तत्काल पक्राउगरी कार्वाही गर्न नेपाल पत्रकार महासं सिरहाले प्रेसविज्ञप्ती जारी गरी माँग गरेको हो।

fc8b3ef9-6e02-451c-b7f3-42a26f793cd8

प्रेस विज्ञप्तिमा स्वतन्त्र प्रेस माथि बारम्बार आक्रमण हुनु प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरीएको छ। 

पत्रकार मुकेश यादवमाथि भएको कायरतापूर्ण हमला प्रेस जगतको मात्र नभई सम्पूर्ण अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण रहेको महासंघले जनाएको छ। घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न  महासंघले माँग गरेको छ।

यादवमाथि हमलागर्नेहरुलाई तत्काल पक्राउगरी कार्वाही नगरे महासंघ चरणबद्ध आन्दोलनमा उत्रिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। 

यादवालई धरिलो हतियारले आक्रमण गरेकोले उनी गम्भीर घाइते भएका छन्। उनको उपचारका जनकपुरस्थित प्रादेशिक अस्पतालमा भईरहेको छ। 

पत्रकार यादवले बसको फोटो खिचेको आरोपमा कुटपिट गरिएको बताइएको छ। बस सञ्चालक प्रमेश्वर यादवले आफूमाथि कुटपिट गर्न लगाएको पत्रकार यादवले दाबी गरेका छन्। 

‘प्रमेश्वर यादवले ममाथि बसको फोटो खिचेको आरोप लगाउँदै कुटपिट गर्न मानिस खटाएको हो। जब कि उहाँको बसको मैले फोटो नै खिचेको छैन। बसको फोटो खिचेको आशंकाकै भरमा मलाई फोनबाट गालिगलौज गर्दै आएका थिए। आज कुटपिट गर्न लगाउनु भयो।’

489405654_1367182541369198_271628611721956017_n