काठमाडौं, १४ चैत। नेपाल प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ। निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको गैकानुनी निर्णयविरुद्ध घिसिङको सर्वोच्च अदालतमा रिट  दर्ता गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो। उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःर्स्थापना गर्नुपर्ने माग राखिएको छ।

उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ।

fc8b3ef9-6e02-451c-b7f3-42a26f793cd8