सिरहा, १४ चैत। सशस्त्र प्रहरी बलले भारतबाट अवैधरुपमा भित्रीरहेको ९६ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरेको छ। प्रदेशका आठवटै जिल्लामा दैनिकजसो भारतबाट भित्रीनेगरेको सेतो अण्डा बरामद गरी नष्ट गर्नेगरेको हो। 

सशस्त्र प्रहरीले बुधबार सिरहाबाट २४ क्यारेट, सर्लाहीबट ३२ क्यारेट र रौतहटबाट ४० क्यारेटसहित ९६ क्यारेट सेतो अण्डा बरामद गरिएको मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् डिआइजी कालीदास धौवजीले जानकारी दिए। 

भारतबाट अवैध रूपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसारले नेपाली पोल्ट्री व्यवसाय धारासायी भईरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले अभियान चलाएको बताइएको छ। ऋभियान अनतर्गत नै नियमित गस्तीका क्रममा पोल्ट्रिजन्य पदार्थ बरामद भईरहेको छ। 

भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो। 

ban-bigyapan