सिरहा, १२ चैत। सिरहा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठका छोरा सुमित श्रेष्ठले दावानल अनलाईमा छापिएको ‘गोलबजारका मेयरले छोरालाई १२ करोडको बंगला उपहार’ शिर्षको समाचारप्रति आफ्नो गम्भिर ध्यानर्षन भएको जनाएको छ। श्रेष्ठले मंगलबार पत्रकार सम्मेनको आयोजनागरी उक्त समाचारमा भनिएको जस्तो सो घर आफ्नो नभएको भन्दै समाचारले आफ्नो चरित्रहत्या गरेको बताए।
उनले सो घरमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका बेला घर राम्रो भएकोले तस्बिर खिचिएको जिकिर गरे। उनले भने, ‘बुवा र मलाई सो घरमा एक कार्यक्रमको तिम्तो रहेकाले गएका थियौं। त्यसैबिच घर राम्रो भएकाले तस्विर खिचेको हो। त्यो घर न मेरो हो। न मेरो तीन पुस्ताकाका कुनै व्यक्तिको नाममा छ।’
पत्रकार सम्मेलनमा श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा ‘पत्रकारिताको मूल आधार नै सत्य र प्रमाणमा आधारित हुनुपर्ने हो। तर, कुनै विना प्रमाण, तथ्यहीन, भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेर हाम्रो चरित्रहत्या गर्ने प्रयास भएको छ। यो समाचार विरुद्ध आफूहरु कानुनी प्रक्रयामा जान बाध्य भएका छौं।’ भन्ने उल्लेख गरिएको छ।
‘यस प्रकारका समाचारहरू प्रकाशन गरी आम जनमानसलाई भ्रमित गर्ने कार्यप्रति हाम्रो गम्भीर आपत्ति छ। साथै, समाचार प्रकाशनगर्ने सञ्चारमाध्यम विरुद्ध कानुनी प्रक्रियामा जाने यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउदछौ।’
समाचारमा उल्लेख गरेजस्तो घर ललितपुरको कुपण्डोलमा नभई चाकुपातमा रहेको पनि श्रेष्ठले जानकारी दिए।
दावालन अनलाईनले भने मेयर श्याम श्रेष्ठले काठमाडौंको अति महंगो क्षेत्र कुपण्डोलमा झण्डै एक रोपनी जग्गा खरिद गरेर तीन तले भव्य बंगला खरिद गरेर छोरालाई उपहार दिएको उल्लेख गरेको छ।