सिरहा, १२ चैत। सिरहाको गोलबजार नगरपालिका ९ गोविन्दपुरबाट गत  फागुन २९ गतेदेखि हराइ रहेकी एक बालिकाको शव आज घरनजीकै खोलामा फेला परेको छ। स्थानीय बेचन अलीकी छोरी गाउँकी १३ वर्षिय गुलशना खातुनको शव गाउँ देखि पश्चिम करिव पाँचसय मिटर पर खोला किनारमा फेला परेको हो। 

66a5ee4f-130d-4ceb-8ce5-3ca88a4484b1

गाउँ नजीकै खाल्डोमा कुकुरले खनेर बाहिर निस्केको शव बाख्रा चराउन गएका स्थानीयले देखेपछि गाउँसम्म खवर आईपुगेको पूर्व वडा अध्यक्ष रामपुकार कामतीले जानकारी दिए। उनका अनुसार बोरामा हाले घाडेको छ। ‘शव डढेको जस्तो देखिएकाले हत्या पछि एसिड छरेको हो की भन्ने देखिन्छ; पूर्व वडा अध्यक्ष कामतीले भने, ‘अहिले प्रहरी आएर रेक्की गरी उत्खनन् गर्ने कार्य भईरहेको छ।’

उनको हत्यागरी बोरामा हालेर गाडेको हुनसक्ने वडाअध्यक्षको भनाई रहेको छ। 

बालिका स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए। उनी गत फागुन २९ गते ९ बजे घर बाहिर निस्केकी थिइन्। 

छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर निवेदन दिइन्। 

सूचना पाउनासाथ आफ्नो तर्फबाट आवश्यक खोजतलास र अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी  पञ्चकुमार बाखुले जानकारी दिए। उनले भने, ‘हाम्रोमा सूचना आउनासाथ सवै प्रकारले अनुसनुसन्धान, खोजतलास गर्यौं, घर नजीकैका जङ्गल, घर, हराएको घर र बालिकाको घरको पनि खोजतलास गरियो। दुर्भाग्य आज शव फेलारेको छ।’

अहिले शव उत्खनन् र अनुसधानका कार्यजारी रहेको डीएसपी बाखुले बताए। 

वेपत्ता बालिकाका पिता बेचन अली छोरी हराउनु दुई दिन अघि वैदेशिक रोजगारीका लागि कतारतर्फ गएका छन्। 

घर बाहिर निस्केकी गुलशना छिमेकीको घरमा भएको सिसिटिभीमा देखिन्छिन्। त्यही बेला एउटा मोटरसाइकल र एउटा टेम्पु आएको र गएको देखिन्छ। गुलशनलाई सोही मोटर साइकल वा टेम्पुमा चडढाएर कसैले लगेको हुनु पर्ने अनुमान गरिएको छ।