सिरहा, १२ चैत। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षाको मर्यादा विपरीत गतिविधी गरेको भन्दै सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई निस्कासन गरेको छ। आज भईरहेको विज्ञान विषयको परीक्षामा अमर्यादित गतिविधी गरेको भन्दै शिक्षक सुनिल कुमार लामालाई निस्कासन गरेको हो।
निरीक्षक आफै परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेको भेटीएकोले तत्काल केन्द्राध्यक्षलाई निस्कासन गरीएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईप्रमुख दिपक कोलोनीले जानकारी दिए।
उनका अनुसार परीक्षामा परीक्षार्थीलाई गेसपेपर, मोवाईल छिराएर चिट चोराउन सहयोग गरेकोले हाललाई निस्कासन गरेको छ। उनीमाथि थप कार्वाही पनि हुने छ।
सुनिल कुमार लामा जनता आधारभुत विद्यालय, कर्जन्हा ४ भुल्केका शिक्षक हुन्।
यस परीक्षा केन्द्रका जिल्लाकै सवैभन्दा महगो निजी विद्यालय स्वस्तीक पाठशाला, मिर्चैया र नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालयको परीक्षा केन्द्र रहेको छ।
सिरहामा ५० वटा परीक्षाकेन्द्र रहेको छ। परीक्षामा १० हजार सात सय तीन जना परीक्षार्थी सहभागी रहेका छन्।