काठमाडौं, ११ चैत। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेकोछ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

२०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका उनलाई आजको मन्त्रीपरिषद बैठकले बर्खास्त गरेको एक मन्त्रिीले जानकारी दिए। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।

चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ। 

सरकार विद्युत प्राधिकरण डुवाएर व्यवासायी पोस्ने योजनामा लागेको आरोप लाग्दै आएको छ। कुलमानको बरखास्तीले सरकार व्यवसायी पोस्ने काममा सहयोगी भएको प्रस्ट हुन्छ।

यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।