सिरहा, ९ चैत। सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट दलित भएकै कारण विस्थापीत हुनुपरेका दीपक मलिकको घटना जिल्ला प्रहरी कार्यालय भित्रै ‘पञ्चायत’को माध्यमबाट मिलाउने प्रयास भईरहेको घटना बाहिरीएको छ। जातिएकाकै कारण महायज्ञ स्थलबाट विस्थापीत पीडित र अधिकारकर्मीहरु उजुरीका जिल्ला प्रहरी कार्यालय पुगेको दुईघण्टा भन्दा बढी भएपनि अहिलेसम्म छलफल चलिरहेको छ।
दलित भएकै कारण दिपकको घर भत्काएको कारण पक्राउ परेका पालिका अध्यक्ष शिवजी यादवलाई बचाउने योजना अनुसार जिल्ला प्रहरी कार्यालयभित्र छलफल भईरहेको बुझिएको छ। जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका मलिकलाई सामाजिक छलफलमा अल्मल्याइउने काम भईरहेको छलफलमा एक सहभागीले जानकारी दिए।
छलफलमा सहभागी उनलेभने, ‘हामी अहिले जिल्ला प्रहरीमा उजुरी लिएर दिपकसँगै आएका छौं। छलफ चलिरहेको छ। उजुरी दर्ता गराएरै छाड्छौं।’
जिल्ला प्रहरी कार्यालय भित्र विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित अगुवाहरुलाई बोलाएर गाउँ घरको घटना हो मिल्नु मिलाउनु पर्छ भनेर पैरवी भईरहेको थालिएको छ। पञ्चायतीमा पत्रकारहरुलाई भने प्रवेश गर्न रोक लगाइएको छ।
बिहान करिव ११ बजे जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका दीपक मरिकको जाहेरी अहिलेसम्म दर्ता भएको छैन।
सञ्चारमाध्यम, सांसदहरु र दलित आन्दोलनको दबाबाका कारण प्रहरीले शुक्रवार बेलुका पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको थिया ।
दलितको घर भत्काउने आरोपीहरु पक्राउ परेपछि आज पीडित दीपक मलिक जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका हुन्।
दलित आयोगका पूर्व सदस्य कवुली पासवानले छुवाछुतको अपराधमा मिलापत्र हुँदैन। रिंकु सदाको बलात्कार घटनामा पञ्चायती गरे जस्तो गर्नु हुँदैन भनेर अडान लिएका छन्। तर प्रहरी घटनालाई आनाकानी गरेर दवाउने, त्यसो गर्न नसकिए मिलाउने प्रयासमा रहेको अधिकारकर्मीहरुको भनाई रहेको छ।