सिरहा, ७ चैत। सिरहा प्रहरीले गोलबजारबाट एक युपकलाई जवरजस्ती करणी आरोपमा फरार प्रतिवादी पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारले स्थानीय व्यसायी महेश साह (कोकवा)का २४ वर्षिय छोरा अजय साहलाई उक्त आरोपमा नियन्त्रणमा लिएको हो।
उनीमाथि एक युवतीलाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पटक–पटक जबरजस्ती गरणी गरेको आरोप लागेको स्रोतले जनाएको छ। उनीमाथि मुद्दा दर्ता भएको जानकारी पाएपछि साह लुकिछिपी बस्दै आएका थिए।
आज प्रहरी देखेपछि भाग्ने क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार ४ सातपत्रे खोला नजिकबाट प्रहरीले साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। केहि दिनदेखि प्रहरीले उनको गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले पक्राउ गरेको विषयमा आफूले सूचना पाएपनि आफू बाहिर रहेकोले सवै जानकारी तत्काल दिननसकिने बताए। उनले भने, ‘जवरजस्ती करणी आरोपका फरार प्रतिवादी साहलाई पक्राउ गरेको हो। अहिले हामीले अनुसन्धानको लागि नियनन्त्रणमा लिएका छौं। म अहिले बाहिर भएकाले भोलिमात्र विशेष जानकारी गराउँछु।’