सिरहा, ७ चैत। सिरहाको मिर्चैया गुडिरहेको स्कोरपिओमा आगलागी भएको छ। पूर्वसिश्चम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ संस्था चौकमा गुडीरहेको बा. १३ च १३२९ नम्वरको स्कारपीओमा विहिवार विहान एक्कासी आगलागी भएको हो।
पुर्पबाट श्चिमतर्फ गईरहेको गाडीमा धुवा आएर आगोलागेको जस्तो लागेपछि ड्राईभर गाडी रोकेर बाहिर निस्कदा अघिल्लो भागमा दनदनी आगो वलिसकेको ड्राइभरर्लाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालयले मिर्चैयाले जानकारी दिए।
ड्राईरले विद्युत सर्ट भएर आगो लागेको भनेपनि आगो लाग्नुको कारण अझै खुलि नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी पञ्चकुमार बाखुले जानारी दिए। उनले भने, ‘ड्राईभरले विद्युत सर्ट भएर आगोलागेको हुनसक्ने बताएपनि आगलागीको एकीन हुन सकिएको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको छ।’
आगो स्थानीय र मिर्चैया नगरपालिकाको दमकलले तत्काल नियन्त्रणमा लिएको छ। ऋागलागिबाट गाढीको अघिल्लो भागमा क्षति पुगेको छ।