सिरहा, २९ फागुन।  सिरहामा प्रहरी हिरासतबाट एक थुनुवा फरार भएको छ। इलाका प्रहरी कार्यालय, मिर्चैयाको हिरासतमा रहेको अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएको हो।

lalbandi mahotsab

उनी कसरी भाग्न सफल भएभन्ने विषयमा जानकारी दिन नचाहेपनि खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले  जानकारी दिए। 

डीएसपीे बाखुका अनुसार अहिले विभिन्न स्थानमा प्रहरी परिचालन गरेर खोजी कार्य भई रहेको छ। मन्सुरीलाई अभद्र व्यवहार मुद्दामा आजै प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीको लपर्वाहीभन्दा पनि मिलेमत्तोमा भगाएको हुनसकने स्थानीयको आरोप छ।