काठमाडौं, २९ फागुन। जारी पीएम कपमा एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ। विहिबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो।

मधेश प्रदेशले दिएको केअब्ल १६९ रनको लक्ष्य पछाएको एपीएफले ३६।५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

lalbandi mahotsab

एपीएफको जितमा सुमित महर्जनले सर्बाधिक ३५ रन बनाएका थिए भने आसिफ सेखले ३४, कमल सिंह ऐरीले अविजित २८, लोकेश बमले १८ र अमर राउटेलाले १६ रन बनाएका थिए। त्यस्तै मधेशका बलर कमला गुप्ताले ४ विकेट लिएका थिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ४०.४ ओभरमा अल आउट हुदै १६८ रन मात्र बनाएको थियो।

मधेशका लागि पवन सराफले ७७ रन बनाएका थिए। पवनले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाएका थिए। उनले यसअघि कोशी प्रदेशविरुद्ध ९२ रन बनाएका थिए। त्यस्तै एपीएफका बलर कमल सिंह ऐरीले ४ विकेट लिएका थिए भने कप्तान रोहित पौडेल र भुवन कार्कीले २(२ विकेट लिएका थिए।

यो जितपछि एपीएफको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ भने मधेश प्रदेशको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ।