बर्दिवास, २८ फागुन। घुसलिंदै गरेको अवस्थामा महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नुकुमार दाससहित दुईजनालाई अख्तियारले पक्राउ परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दास र लेखापढी व्यावसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३५ हजार घुस लिने क्रममा अख्तियार टोलिले पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासको टोलीले निज मुन्नुकुमार दास र जिवछ महतोलाई सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरी थप कारबाही अगाडी बढाएको जनाएको छ।