सिरहा, २८ फागुन। सिरहा प्रहरीले गोलबजारबाट ६७० मिलि ग्राम प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका ४ मा रहेको हाईवे होटलबाट लागु पदार्थसहित होटलका सञ्चालक औरही गाउँपालिका २ की ३० वर्षिया नगिरा खातुन र गोलबजार ७ चोहर्वाका १८ वर्षिय राजन जयसवालाई मंगलबार अपरान्ह नियन्त्रणमा लिएको हो। 

होलमा लागु औषधको कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटीएका प्रहरी टोलिले उपरोक्त परीमाणको लागु पदार्थ ब्राउन सुगरसहित दुवैजनालाई होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए। 

नियन्त्रणमा लिएका दुवै जनालाई आज जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थपगरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

lalbandi mahotsab