बर्दिवास, २७ फागुन। संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा पुन हेम कुमारी वराल (सुनिता) निर्वाचित भएकी छन्।महोत्तारीको बर्दिवासमा आज सम्पन्न दोश्रो अधिवेशनले बरालकै नेतृत्वमा १४ सदस्य मधेश प्रदेश समिति निर्वाचित भएका हुन्।
अघिल्लो कार्यकाल समेत नेतृत्व गरेकी बरालको यो दोश्रो कार्यकाल हो। त्यस्तै उपाध्यक्षमा सुधा देव, माहासचिवमा यमुना खनाल, सचिवमा कविता खडका, कोषाध्यक्षमा लक्ष्मी चौधरी निर्वाचित भएको संचारिका समूह मधेश प्रदेशले जनाएको छ।
सदस्यहरुमा भने सारदा पोखरेल, निलिमा पौडेल, विना श्रीवास्तव, विनिता कामत, पुस्तिका थापा, रन्जना खतिवडा, पुनम चौधरी, अनिता देवकोटा र रिना आले निर्वाचित भएको संचारिका समूह की केन्द्रिय प्रतिनिधि सलोजा दाहालले जानकारी दिईन्।
महिला पत्रकारहरुको साझा संस्था संचारिका समुहले देशैभरिका महिलाहरुको पत्रकारिताको व्यावसायिक क्षमता विकासको लागि काम गर्दै आएको छ।