आशिष विश्वकर्मा
सिरहा, २७ फागुन। कर्जन्हा नगरपालिकाका जनप्रतिनिधी बेथितीको विरुद्ध आफैले कार्यालायमा तालावन्दी गरेका छन्। नगरप्रमुख भोला प्रसाद पोखरेल र प्रशासकीय अधिकृत मनहरी बरालको वेथितीको विरुद्ध वडाअध्यक्षहरुले तालाबन्दि गरेका हुन्।
वडा अध्यक्षहरुले नगरप्रमुख पोखरेल र प्रशासकीय अधिकृत मनहरी बरालको मनपरी तन्त्रको विरुद्ध आफूहरु बाध्येय भएर कार्यालयमा तालावन्दी गर्नु परेको बताएका छन्। उनीहरुले कार्यपालिकाको नियमित बैठक नबस्ने, कार्यपालिकाले गरेका निर्णयहरु कार्यान्वयनमा आनाकानी गर्नेगरेकाले तालाबन्दीमा उत्रिनु परेको ८ नम्वर वडाका अध्यक्ष शम्भु कुमार व्यार सुडीले बताए।
‘हाम्रो नगरपालिकामा पहिलो कुरा समयमा बैठक बस्दैन, बसिहाले पनि बैठमा भएका निर्णयहरु निर्णय नहुँदैन; वडा अध्यक्ष व्यारले भने, ‘बैठक नबस्ने, बैठकका निर्णयहरु लागु नहुनेकारण हामी आजित भईसक्यौ। हाम्रो तर्फबाट निरन्ताको लागि पहल पनि भयो। तर, कुनै उपाय नलागेपछि तालाबन्दीमा उत्रिनु पर्यो।’
कार्यपालिका बैठक प्रत्यक महिनाको १०, २० र ३० गते नियमित बस्ने भनेर निर्णय गरेको भएपनि महिनौं दिनदेखि बैठक बस्न नसकेको ११ नम्वर वडाका वडाअध्यक्ष किश्मत राईले बताए। उनले भने, ‘कतिपय पालिकाहरुमा पालिकामा बैठक वस्न दिएन भन्छन्। हामी बैठक बसौं, हिउँदे अधिवेशन गरौं भनिरहेका छौं। तर, मेयर र प्रशासकीय अधिकृत बैठक राख्नै मानिरहनु भएको छैन।’
सहिढङ्गले कार्यालय सञ्चालन नहुँदा सेवाग्राहिले दुःख पाएको ११ नम्वर वडाका वडाअध्यक्ष राईले दुखेसो पोखे। उनले भने, ‘हामी यहाँ जनताको काम गर्न आएका हौं। हामीसँग बजेट हुँदाहुँदै पनि जनता सेवाबाट बञ्तिच भएको छ। स्वास्थ्य चौकीहरुमा सिटामोल छैन, शैक्षिक सत्रसमाप्त हुने बेला भईसक्यो सेनेटरी प्याड खरिद भएको छ। यस्तो स–साना कामपनि समयमा हुन नसक्दा हामी बाध्यभएर तालावन्दीमा उत्रियौं।’
जनताको समान्य कामको लागि दुःख झेल्नु परिरहेको सुनाउँदै ६ नम्वर वडा अध्यक्ष प्रकाशमान श्रेष्ठले नगरपालिकाको व्यथितिको विरुद्ध तालाबन्दि गर्नुपरेको बताए। कार्यालयमा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत नबस्ता पनि जनताले दुख पाउने गरेको छ।
‘प्रशासकीय अधिकृत महिनाको २० दिन काठमाडौंमा हुन्छ। मेयरलाई कर्यालय आउने फूर्सद हुँदैन। लेखाका कर्मचारी कार्यालय आउँदै यसरी नगरपालिका चल्छ?’ वडा अध्यक्ष राईले प्रतिपव्रश्न गर्दै भने, ‘अव मेयर एकातिर, उपमेयर अर्कातिर, प्रमुख प्रशासकीय अधिकृत आफ्नै पाराले हिरेर नगर चल्दै। यो बेथिती नगरोकीउम्म अव ताला खुल्दैन।’
कार्यालयमा उपस्थित नभएपनि बाहिरबाटै कार्यालयको कामगर्ने प्रवृतिको पनि उनीहरुले विरोध गरेका छन्। कार्यालयमा नआउने तर आफ्नो र आफन्तहरुको काम सवै कार्यालय बाहिरै बसेर गर्ने प्रवृतिले उपभोक्ता मारमा परेको वडाअध्यक्षहरु नै बताउँछन्।
पालिकाको वेथितीको विरुद्ध आधादर्जनभन्दाबढी वडाअध्यक्षहरु तालाबन्दीमा उत्रियका छन्। उनीहरुले बेथिती राक्ने विश्वसनिय वातावरण नबनेसम्म तालाबन्द रहने बताए।
यता नगरप्रमुख भोला प्रसाद पोखरेलभने सामान्य असमझदारीका कारण समस्या भएको बताउँछन्। उनले हाम्रो जनप्रतिनिधी विचनै केही समस्या भएको छ। हामी तत्काल बसेर यसको समाधान गरिहाल्छौं।