- बिशाल बस्नेत
महोत्तरी, २७ फागुन। जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने वताएका छन्। सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएतापनी ठुला दलहरु भने आफुलाई सुधार गर्न तयार हुनुपर्ने उन्ले जिकिर गरे। ‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रिय समितीबाट पनि निर्णय गरेको छ; अध्यक्ष डा. राउतले भने, ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो, यसमा हामीले नौलो गणतन्त्र भनेका छौ, तर समाजवादी गणतन्त्र भने हैन।’
महोत्तरीको बर्दिवासमा तीन दिनदेखी जारी केन्द्रिय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजावादीहरुले टाउको उठाएको पनि दावी गरे। शुसासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको वताउदै उन्ले गणतन्त्र रक्षाको लागि ठुला दलहरु नै सुध्रनुपर्ने धारणा राखे।
अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको पर्दशनलाई लिएर भने फरक मत राखेका छन्। पर्दशन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिदै उन्ले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवस्यक भएको दोर्याए।