सिरहा, २६ फागुन। सिरहाको अर्नामामा  गाउँपालिकाको दुर्घटना गराउने ट्याक्टरका चालक फरार रहेका छन्। शनिवार भएको दुर्घटनाका बखतका चालक अर्नामा गाउँपालिका ३ का करिव ३० वर्षिय  राम अधिन यादव सवारी चालक अनुमतिपत्र नरहेकाले  फरार भएका हुन्। 

lalbandi mahotsab

गाउँ पालिकाको इलेक्ट्रिसियन पदमा कार्यरत यादवले चलाएको स १ द. ८५ नम्पको ट्याक्टरले ठक्करदिंदा अर्नमा ३ का रामसेवक महतो (ठक्कु)को अन्दाजी ११ वर्षिय छोरा शतिश कुमार महतोको शनिवार अपरान्ह घटनास्थलमै मृत्यु भएको थियो। 

घटना लगतै दुर्घटनाका बखवतका चालक यादव र कार्यालयको तर्फबाट न्यूक्त स १ द. ८५ नम्पको ट्याक्टर चालक दुवै अझै फरार रहेका छन्। उनीहरुको खोजीकार्य भईरहको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। उनले भने, ‘घटना लगातै हामीले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएका थियौं। उहाँहरु अर्को ट्याक्टरको र जेसीभीको चालक रहेको खुलेपछि आवश्यक परेकोबेला कार्यालयमा उपस्थित हुनेगरी कागज गरेर छोडेका छौं। किटानी जाहेरी परेकाले किटान भएका व्यक्तिको खाजतलास भईरहेको छ।

LORD budha school

घटनाको भएका बचत ट्याक्टर चलाउने यादवको सवारी चालक अनुमतीपत्र नभएकाले घटना गाउँमै घटना मिलाउने प्रयास समेत भईरहेको एक वडा अध्यक्षले जानकारी दिए। उनका अनुसार पीडित पक्षलाई १० लाखसम्म दिने भनिएपनि सहमति हुन सकेको छैन।

घटना लगतै फरार रहेका यादव अझै सम्पर्कमा नआएको पालिका प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादवले जानकारी दिए। उनले भने, ‘सो ट्याक्टरको चालक ३१ वर्षिय राम लोभित सदाय हुन्,उनीपनि अझै कार्यालयको सम्पर्कमा आईसकेको छैन। यादवको हातमा कसरी साँचो पुग्यो र उनले कसरी ट्याक्टर चलायो भन्ने विषयमा खोजतलास गरिरहा छौं।’ 

प्रशासन प्रमुख संजय ठाकुरले गाउँ पालिकामा हुने विकास निर्माणको कार्यमा पालीकाले राजश्व लिएर गाडी दिने गरेको बताए। उनले भने, ‘३ नम्वर वडाको बाटो स्तोन्नतीको लागि माटो ओसार्न ट्याक्टर दिएका थियौं। ट्याक्टर ड्राईभरको जिम्मामा रहने भएकाले उनैले लग्ने हो। दुर्घटनाको समयमा अन्य व्यक्तिले कसरी ट्याक्टर चलाई रहेको थियो भन्ने विषयमा कार्यालयले पनि खोज तलास गरिरहेको छ।’ 

ट्याक्टरको ड्राईभर र दुर्घटनाको समयमा ट्याक्टर चलाउने दुवै व्यक्तिलाई कार्यालयले २४ घण्टाभित्र उपस्थित हुन उनहरुको ठेगानामा पत्र काटेको बताए। कार्यालयले पनि उनीहरु उपस्थित नभएसम्म कसरी गैर चालकको हातमा ट्याक्टर पुग्यो भन्न सकिने अवस्था छैन।