विशाल बस्नेत 

 महोत्तरी, २६ फागुन। मधेश प्रदेशका एक हजार भन्दा बढी सहभागी संस्थागत र सामुदायिक विद्यालयका छात्रछात्राहरुको प्रदेशस्तरिय  हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ। पर्सा देखि सप्तरीसम्मका ५ हजार भन्दा बढी प्रतियोगी सहभागी भएको उक्त प्रतियोगिताको नतिजा आइतबार एक समारोहका विच सार्वजनिक गरिएको हो।

कनेक्ट एजुकेसन सेन्टर काठमाण्डौले मंसिरको पहिलो हप्तादेखी सुरु गरेको प्रतियोगितामा विजेतालाई  २० हजार नगद पुरुस्कार  र उपविजेतालाई १० हजार नगद पुरुस्कार समेत हस्तान्तरण गरिएको छ। एजुकेसन सेन्टरका निर्देशक विक्रम सिंह धामीका अनुसार प्रतियोगितालाई प्रथम, दोश्रो र तेश्रो तहमा विभाजन गरिएको थियो।

प्रथम तहमा कक्षा २ देखि ४ सम्म, दोश्रो तहमा कक्षा ५ देखि ७ सम्म, तेश्रो तहमा कक्षा ८ देखि १० कक्षासम्म विभाजन गरिएको निर्देशक धामीले जानकारी दिए। प्रथम तहको विजेता  ग्लोवल एकेडेमी बर्दिवास र उपविजेता हिमाली स्कुल जनकपुर वनेको छ। ग्लोवल एकेडेमीमा अध्यणरत रिया बम्जन विजेता र हिमाली स्कुलमा अध्यणरत रितिका चौधरी उपविजेता वनेको आयोजक पक्षले जनाएको छ।

त्यस्तै दोश्रो तहको विजेता साउथ जोन विद्यालय बिरगंजमा अध्यणरत नितेश गौरव  वनेका छन्। उपविजेता भने लालीगुरास स्कुल सर्लाहीमा अध्यणरत अनित साहले हात पारेको कनेक्ट एजुकेसन सेन्टरका कार्यक्रम संयोजक देवेन्द्र आचार्यले जानकारी दिए।

तेस्रो तहको विजेता भने बाराको जितपुर पब्लिक स्कुल वनेको छ। पायल रौनियारको उत्कृष्ट हस्तलेखनले पब्लिक स्कुललाई तेस्रो तहको विजेता वनाएको छ। त्यस्तै अंशु खनालले उपविजेता भने बाल निकेतन चन्द्रपुर रौतहटलाई दिलाएका छन्।

छनोटको अन्तिम चरण सम्बन्धित पालिकामा गरिएको र पालिकावाट उत्कृष्ट वनेका प्रतियोगीहरुलाई चरण(चरणमा जिल्ला हुँदै प्रदेशमा लगिएको आयोजक पक्षले जनाएको छ। विजेता, उपविजेता र सहभागीहरुलाई प्रमाणपत्र, मेडल र नगद हस्तान्तरण गर्दै मधेश प्रदेशका संस्कृति तथा शिक्षा मन्त्री रानी सर्माले कम्प्युटर तथा प्रविधिले विद्यार्थीहरुलाई अल्छी वनाईरहेको वेला हस्तलेखन प्रतियोगिता मधेशमा फरक भएको वताईन्।

यस्ले लेखनमा अभिरुचि जगाउनुको साथै परीक्षा तथा अन्य लेखन क्रियाकलापहरुमा यस्ता प्रतियोगिता उपयोगी सावित वन्ने मन्त्री सर्माको भनाई छ। महोत्तरीको बर्दिवासमा भएको कार्यक्रममा महोत्तरी क्षेत्र ‘क’ कि प्रदेशसभा सदस्य सारदादेवी थापा, बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री लगायतको उपस्थिति रहेको थियो।