काठमाडौं, १६ फागुन। नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ। निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ।
शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ।

निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ।
निगमले भनेको छ, ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ (फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु। ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास ६.२७ रुपैयाँले बढेर तथा प्रति लिटर डिजेलमा ०.९० र हवाई इन्धनमा ०.४२ रुपैयाँले घटेर आएको छ। निगम सञ्चालक समितिको निर्णय बमोजिम १ मार्च, २०२५ (मिति २०८१÷११÷१७० को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा र १.०० रुपैयाँले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको छ। साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ।





















