काठमाडौं, ११ फागुन। जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २–२ गोलको बराबरीमा रोकिएका छन्।

LORD budha school

पहिलो हाफमा दुवै देशले २–२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन। म्यान्मारका लागि मे हटेट लूले दुवै गोल गरेकी थिइन् भने नेपालका लागि सबिता राना मगर र सावित्रा भण्डारी साम्बाले एक एक गोल गरेका थिए।

नेपालले दुवै पटक एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गरेको थियो।

यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ। त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ।

अब फाइनल खेल बुधबार हुने छ।

त्यस्तै लेबनानले एक खेल जितेर तेस्रो हुदै बाहिरिएको छ भने किर्गिस्तानले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।