सिरहा, ११ फागुन। सिरहाको मिर्चैयामा विग्रिएर रोकी राखेको टिफरमा पिकप भ्यान ठोकिदा एक युवकको ज्यान गएको छ। अर्का एक गम्भिरघाइते भएका छन्।

मिर्चैया कटारी सडक अन्तर्गत मिर्चैया नगरपालिका ७ मा विग्रिएर सडकमै रोकी राखेको प्र. २–०१–००१ ख. ००३६ नम्वरकोे ट्रकमा कटारीबाट मिर्चैया तर्फ आईरहेको प्र. ३–०१–०२२ च. ८७६४ नम्वरको पिकप भ्यान ठोकिँदा भ्यानका सह–चालक सिन्धुलीको दुधौली नगरपालिका १४ का २७ वर्षिय मिलन सुनारको ज्यान गएको हो। 

दुर्घटनामा परी गम्भिर घाईते भएको उनको स्थानीइ स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख पञ्चकुमार बाखुले जानकारी दिए। 

दुर्घटनाका घाइते पिकप चालक दुधौली नगरपालिका १४ कै सागर सुनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। स्थानीइ स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर लगिएको छ। 

उनका अनुसार विग्रिएर सडकमै रोकी राखेको ट्रकमा पछाडीबाट पिकप ठोकिदा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धन भईरहेको छ। 

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको प्रहरीले जनाएको छ।